सन्धिखर्कमा व्यवसायीहरुले सडक नै ओगटेर व्यापार गरेपछी ७ दिन भित्र हटाउन निर्देशन दिईएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा गरिएको बजार अनुगमनमा शान्ती बगौंचा लगायतका क्षेत्रका फलफूल पसल र भाँडा पसल गर्ने व्यवसायीहरुले सडक नै ओगट्ने गरि व्यवसाय संचालन गरेकाले ७ दिन भित्र हटाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।
यस्तै अनुगमनको क्रममा होटलमा सरसफाइ मा ध्यान नदिएको, किराना तथा गल्ला स्टोरमा मूल्य सुची नराखेको, पुँजी कम देखाएको पाएको बजार अनुगमन समितिका संयोजक जीवनारायण आचार्यले जानकारी दिए।
बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद दाहाल, सन्धिखर्क नगरपालिका पशु शाखाका प्रमुख नारायण खनाल, जिल्ला प्रशासनका प्रशासकिय अधिकृत सरोज भुसाल, कर्मचारी पोमनारायण कुँवर, कृषी शाखाको तर्फबाट सरिता गैरे, उद्योग बाणिज्यका रुद्र श्रेष्ठ, चेम्बर अफ कमर्शका राजकुमार श्रेष्ठ, उपभोक्ता हित संरक्षणका सहयोगी बिसी, प्रहरी पारेश्वर यादव लगायतको सहभागीता रहेको थियो ।