९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

तिलोत्तमा नगरपालिका: नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

बुटवल । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आफ्नो सेवा सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ४ हजार रुपैयांका दरले छात्रवृत्ति वितरण गरेका हुन् ।

निर्वाचन घोषणापत्रमा खाँणले आफूले पाउने सेवा सुविधालाई छात्रवृत्ति वितरण गर्ने प्रतिवद्धता जनाएका थिए । सोही बमोजिम सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको खाँणले बताए । यस अँघिका नगर प्रमुख वासुदेव घिमिरेले पनि चुनावी प्रतिवद्धता अनुसार नगर प्रमुखका रुपमा पाएको ५ वर्षे कार्यकालको सबै सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।

घिमिरेले स्थापना गरेको नगर प्रमुख छात्रवृत्ति कोषमा जम्मा भएको रकममा हालका नगर प्रमुख खाणले २ महिनाको सेवा सुविधा थपेर छात्रवृत्ति वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?