९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सुबिन भट्टराईको ‘ईजोरिया’ काे सर्वत्र चर्चा

युवा लेखक सुबिन भट्टराईको ‘ईजोरिया’ ले सर्वत्र चर्चा बटुलेको छ । भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ भदौ २४ गते शुक्रबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानस्थित डबलीमा भट्टराई र पाठकहरूले संयुक्त रूपमा लोकार्पण भएको थियो ।

‘इजोरिया मित्रताको कथा हो। इजोरिया महिलाको कथा हो,’ सुबिनले भने, ‘इजोरिया मधेसको कथा हो। इजोरिया मुक्तिको कथा हो। इजोरिया माया र ममताको कथा हो। इजोरिया मुटुको मसीले लेखेको म्युजिकल महाकथा हो।’ भट्टराईको पहिलो उपन्यास ‘कथाकी पात्र’ हो। भट्टराईको यो छैटौँ कृति हो । यसअघि उनका कथाकी पात्र (२०६७), समर लभ (२०६९) साया (२०७१) मनसुन (२०७३) र प्रिय सुफी (२०७५) प्रकाशित छन् ।

नेपाली साहित्यमा आइरहेका नयाँ पाठकमाझ उनी सेलिब्रेटी बनेका छन् । बोझिल विषयवस्तु, गरुंगा दर्शन, शब्दको क्लिस्टताले गाँजिएका किताबभन्दा उनका किताब फरक हुन्छन् । सबैले बुझ्ने गरी लेख्छन् सुबिन । त्यसैले पनि आफ्ना पाठक बढेको उनी बताउँछन् । तीन घन्टाभित्र सिनेमा हेरे बराबरको सन्तुष्टि उनका उपन्यास पढेर पाइने हुँदा उनीप्रति पाठक मोहित हुनु स्वाभाविक हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?