९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मास्टर पिट्ने चार जना पक्राउ

पाल्पाको माथागढी गाउँपालिका–५, सिर्जना प्राविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेलाई कुटपिट गरेको आरोपमा चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने माथागढी गाउँपालिका–५, का २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षकै पारस रेग्मी रहेका छन् ।

प्रधानाध्यापक न्यौपानेलाई चार जना युवकले ज्यान मार्ने हेतुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । युवाहरूको कुटपिटबाट न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न युवकहरूविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?