९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

शितगंगाका मतदाता भन्छन: ‘विपक्षीलाई भारी, सुर्य अधिकारी’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागी नेपाली कांग्रेस अर्घाखाँचीले ईच्छुक उम्मेद्वारहरुको नामावली केन्द्रमा सिफारिस गरिसकेको छ । सम्भावित उम्मेद्वारहरु टिकटका लागी काठमाण्डौ दौडधुपमा छन् ।

नेकपा एमालेले आफ्ना उम्मेद्वारहरु सर्वसम्मत टुङगाएर मतदाता रिझाउने तर्फ केन्द्रित भईसक्दा नेपाली कांग्रेस लगायत गठबन्धन दल केन्द्रको निर्णय कुरी रहेका छन् । आकांक्षा राख्ने धेरै भएपछी कांग्रेस जिल्ला कार्यसमितिले प्राप्त सुची केन्द्रमा पठाएको छ । प्रदेशसभा ख मा कांग्रेस पुर्व पार्टी सभापती कमलप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधी तथा शितगंगाका निवर्तमान मेयर सुर्यप्रसाद अधिकारी, डा जयबहादुर टण्डन, यादव प्रसाद घिमिरे, राजेन्द्र केसी सहित दर्जन नामहरु पठाएको छ ।

अर्घाखाँचीको ‘कर्णाली’ भनेर चिनिने दुर्गम एवं भौगोलिक जटिल क्षेत्र दक्षिण खाँचीमा सुर्य अधिकारीलाई उम्मेद्वार बनाउनु पर्ने आवाज उठीरहेको छ । पटक पटक आफुहरुले अन्य उम्मेद्वारलाई सहयोग गरेको भन्दै त्यहाँका मतदाताले यसपाली यही क्षेत्रको जनप्रतिनिधी चाहेको बताएका छन् । दक्षिण खाँचीका मतहरु सँधै निर्णायक भएको भन्दै यसपाली सुर्य अधिकारीलाई टिकट दिन उनीहरुले दवाब समेत सृजना गरेका छन् ।

‘हामीले मत दिन्छौं जिताउँछौं तर सँधै अपहेलित हुनुपर्छ, शितगंगाका खिम अधिकारीले भने,‘यसपाली शितगंगा बाट उम्मेद्वार हुनुपर्छ ।’ त्यहाँका अधिकांश मतदाताले सामाजिक संजालदेखी, पार्टीका कार्यक्रमहरुमा समेत आफ्नो क्षेत्रबाट उम्मेद्वार हुनुपर्ने माग राख्दै आएका छन् । बुटवलको बेलबासमा होटल सञ्चालन गर्दै आएका शितगंगाका एक जना बेल्बासे थर रहेका व्यक्तीले भनेः- हामीले संँधै अरुलाई मत दिएका छौं जिताएका छौं । यसपाली हाम्रै क्षेत्रबाट उम्मेद्वार हुनुपर्छ नत्र हामी विद्रोह गर्छौं । सँधै अरुलाई जिताईराख्न हामी बाध्य छैनौं ।’

‘यहाँ कुरा मिल्न नसकेपछी केन्द्रमा सिफारिस भएको छ, ठाडाकी क्षेत्रिय प्रतिनिधी बिमला आचार्यले भनिन्‘ सकभर यसपाली हाम्रै क्षेत्रबाट उम्मेद्वार हुनुपर्छ भन्ने हो, अन्तिममा पार्टीले जसलाई टिकट दिन्छ उसलाई जिताउन सबै लाग्नुपर्छ ।’

सुर्यप्रसाद अधिकारी सहित दक्षिण खाँचीबाट राजेन्द्र केसी, केशव अधिकारी उम्मेद्वारका रुपमा सिफरिस भएका छन् । तर, मेयर भएर जनता माझ लोकप्रिय रहेका सुर्य अधिकारीलाई अँघी सार्नुपर्ने धेरैको माग छ । जनताको ईच्छा अनुसार आफुले टिकट पाउने उनको भनाई छ । ‘जनताको माग सम्बोधन हुनुपर्छ,अधिकारीले भने,‘अहिले शितगंगाका नागरिकले यहींबाट उम्मेद्वार बनाउन चाहेका छन्, नागरिकको ईच्छा पुरा हुन्छ भन्नेमा विश्वस्त छु ।’

अधिकारीको शितगंगामा राम्रो छवी रहेको छ भने उनको प्रभाव पाणिनी गाउँपालिकामा पनि राम्रै छ । भुमिकास्थानका मतदाता उनी प्रती सकारात्मक रहँदा सन्धिखर्कमा पनी उनी परिचित अनुहार नै हुन् । टिकट कस्ले पाउने भन्नेमा अनिश्चीता नै भएपनि केन्द्रले गर्ने निर्णयले जनताको माग सम्बोधन हुनेमा सबै विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (48%)
  • दुःखी (41%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (4%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?