निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र प्रहरी घेरामा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र प्रहरी घेरामा

सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निवासमै रोकिएका छन् । उनले आज बिहान ११ बजे आफू सर्वोच्च जाने बताएका थिए । तर, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीले निगरानी गरेको छ । बालुवाटारस्थित उनको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको छ । ती प्रहरीहरुले निवासबाट निस्कने प्रत्येक सवारी साधन जाँच गरेका छन् ।

संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा छन् । तर निवासबाट निस्किनै नसक्ने गरी प्रहरीले आफ्नो निवासमा घेरा हालेको उनले बताएका छन् ।

जबराले भनेका छन्, ‘सर्वोच्चको ढोकामा र म बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर प्रधानन्यायाधीशलाई बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन गर्यो ।’ आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मा सरकारले नै लिनुपर्ने धम्की पनि उनले दिएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *