९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

आरजु राणा समानुपातिकबाट उम्मेदवार

नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ ।

२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा परेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?