२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

माओवादीले दियो बाबुराम भट्टराईलाइ ५ सिट

माओवादीकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा. बाबुराम भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।

‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनको भनाइ छ । उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए ।

‘ यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?