लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका गायक, संगीतकार तथा एरेन्जर कमल सौरागलाई सरकारले ‘जनसेवाश्री’ पदकले विभुषित गरेको छ । ८औं संविधान दिवसका अवसरमा सौरागलाई ‘जनसेवाश्री’ पदकबाट विभूषित गरिएको हो ।
हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट राज्यको लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तित्वहरूलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने गरिन्छ। यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ९८ जनालाई विभूषित गर्ने घोषणा गरेकी थिईन्, जसमा सौराग पनि सम्मानित भएका हुन् । सन्धिखर्क नगरपालिकाको वडा नम्बर-८, किमडाँडामा जन्मिएका लोक तथा दोहोरी गायक सौरागले लामो समयदेखि नेपाली संगीतिक क्षेत्रमा रहेर काम गर्दै आएका छन्।
गायनबाट कलाकारितामा प्रवेश गरेका उनी अहिले उत्कृष्ट एरेन्जरको रूपमा परिचित छन्। उनले हजारौँ गीतमा संगित संयोजनको काम गरिसकेका छन्। ‘दैला मुनि जौँ’ र ‘घुम्ति नरपानी’ उनका कालजयी गित हुन् । यसका अलावा हाम्रो अर्घाखाँची, भिजायो पछौरी लगायत दर्जनौं उनका गितहरु चर्चित छन् ।
सन्धिखर्कमा उनले २०७४ सालमा ‘कमल सौराग एकल साँझ’ कार्यक्रम गरेका थिए ।