अर्घाखाँचीकाे शितगंगामा आफ्नै श्रीमतीको हत्या, हत्या पछी प्रहरीमा आत्मसमर्पण

अर्घाखाँचीकाे शितगंगामा आफ्नै श्रीमतीको हत्या, हत्या पछी प्रहरीमा आत्मसमर्पण

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । शितगंगा नगरपालिकामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका वडा नम्बर-३, सितलपाटीमा अन्दाजी ५४ वर्षिय पिताम्बर भुसालले आफ्नै श्रीमतीको ज्यान लिएका हुन्।

घरमा दुईजना बिच कलह हुँदा भुसालले मसाला पिस्न प्रयोग हुने लोहोराले हानेर आफ्नै श्रीमती ५१ वर्षिया मनकला भुुसालको हत्या गरि प्रहरी समक्ष पुगेका थिए । आवेगमा आएर श्रीमतीको हत्या गरेका र प्रहरीमा आएर आफैले आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ । मृतक भुसालका २ छोरा र १ छोरी रहेका छन् ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (79%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (21%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *