९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

दुई दर्जन भन्दा धेरै बाँदर पोखरीमा डुबेर मरे

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा दुई दर्जन भन्दा धेरै बाँदर पोखरीमा डुबेर मरेका छन् । सन्धिखर्क नगरपालिका–९, अर्घामा रहेको सिंचाई पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका हुन् ।

जंगलको बिचमा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बाबुराम भुसालले बताए । पोखरी अग्लो भएकाले बाँदरहरु पोखरीमा पसेपछी निस्कन नसक्दा डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ ।

डिभिजन बन कार्यालय अर्घाखाँचीका सहायक बन अधिकृत शिला पोखे्रलले पालैपालो पोखरीमा बाँदरले हाम फाल्दा मृत्यु भएको हुनसक्ने आशंका गरिन् । ‘पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीबाट निस्कन नसकेको हुनसक्छ, उनले भनिन्,‘ एउटा बाँदरलाई बँचाउन जाँदा अर्को फसेको र पालैपालो अन्य बाँदर पनि त्यहाँ हाम फालेपछी बाँदर पोखरीमा डुबेर मरेका हुनसक्छ ।’

पोखरी जंगलको बीचमा रहेको र उनीहरुको आवाज बस्तीसम्म नपुगेकाले उद्धार हुन नसकेको देखिएको डिभिजन बन कार्यालयले जनाएको छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय वासिन्दाको रोहवरमा गाडिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?