९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

ठाडाको डम्मरु दहमा डुबेर एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको चर्चित डम्मरु दहमा डुबेर स्थानिय एक व्यक्तिको ज्यान गएको छ । ठाडा स्थित डम्मरु दहमा डुबेका शितगंगा नगरपालिका–३, दह निवासी ३७ वर्षिय खिमबहादुर नेपालीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ईन्स्पेक्टर कृष्ण घिमिरेका अनुसार नेपालीले आफै दहमा हाम फालेका थिए । स्थानियले बिहान करिव ८ बजेतिर दहमा हाम फालेका देखेपछी नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानियले पानी मुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए ।

उनलाई उद्धारपछी तत्कालै नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पु¥याईएको थियो । तर उनको मृत्यु भईसकेको थियो । नेपालीका श्रीमती रोजगारीको क्रममा भारतमा रहेकी छिन् । उनी आमा र दुई छोरीसंग बस्दै आएका थिए ।

शवको पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (67%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?