९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीमा दोब्बर भाडा असुल्ने सवारीलाई कारवाही, यात्रुको भाडा फिर्ता

दसैंका बेला तोकिएभन्दा दोब्बर भाडा उठाउने व्यापक गुनासो आउन थालेपछी जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडा फिर्ता गराएको छ ।

मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछी ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट नटाँस्ने ६ वटा गाडीलाई जरिवाना तिराएर सम्झाई बुझाई छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बहादुर केसीले जानकारी दिए ।

सवारीसाधनको भाडादर निर्धारण गरेको भएपनि काठमाण्डौ–अर्घाखाँची, बुटवल–अर्घाखाँची सडकमा चल्ने सवारीसाधनले दोब्बर भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेपछी सवारी चेकजाँज गर्दा तोकिएको भन्दा बढी भाडा असुलेको पाइएको हो । ‘गोरुसिंगेबाट सन्धिखर्क जाने गाडीले ठाडा गएको समेत सन्धिखर्क सहरको भाडा उठाएका छन्,शितगंगा–३, ठाडाका सुधन पौडेलले भने,‘२२० रुपैया भाडा लिनुपर्नेमा ५०० रुपैया उठाईएको छ ।’ चाडबाडका बेला सर्वसाधारण यसैगरी मर्कामा पर्ने गरेको उनले गुनासो गरे ।

तोकिएको भाडादरमा जान नसकिने भन्दै बस, हाईस तथा जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ । यात्रा गर्नुअघि नै जिप चालकले दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले भाडादर कार्यान्वयन भए÷नभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने बताए । उनले भने,‘जिल्ला भित्र चल्ने सार्वजनिक यातायातहरुको भाडादर कायम छँदै छ । भाडादर मान्दैनौ भन्ने कुरा कहाँबाट आयो ? अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौं ।’

मनपरी भाडा उठाएको, लगेज तथा सामानको मनपरी अतिरिक्त शुल्क तोकेको तथा यात्रुलाई अभद्र व्यवहार गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । विशेषगरी मेलापर्वका बेला यात्रुको अत्याधिक चाप हुने भएकाले मनपरी गर्ने गरेको पाईएको हो । आईतवार बेलुकासम्म बाहिरि जिल्ला तथा देश बाहिरबाट अर्घाखाँची भित्रनेको संख्या १० हजार नाघेको छ । घटस्थापनापछी सप्तमीसम्म ५ हजार १ सय महिला, ४ हजार ५ सय पुरुष, बालबालिका गरेर जम्माजम्मी १० हजारका हाराहारीमा सर्वसाधारण जिल्ला भित्रिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?