९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मासु खाँदा घाँटीमा अड्किएर १ जनाकाे मृत्यु

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?