९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका-९ का बर्ष ४५ का सम्सेर परियारको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सोमबार दिउसो राँगो काटेर ह्याकुलाको चौटा काँचै खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेसीसहरस्थित लमजुङ जिल्ला अस्पताल ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?