९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीको खाँचिकोटमा खोलाले बगाउदा बालक बेपत्ता

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा एक बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्। दसैं मनाउन मामाघर हिंडेका बालकलाई खाेलाले बगाएर बेपत्ता बनाएको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई स्थानिय फर्ज्याङ खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पाैडेल एक छाेरा र एक छाेरी लिएर दसैँ मनाउन भूमिकास्थान-७, चिदिचौर (मामाघर) जाने क्रममा खाेला तर्न खाेज्दा बालकलाई बगाएकाे जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

आफ्नाे बच्चा खाेलाले बगाएपछी पौडेलले प्रहरीलाई खबर गरेकी थिईन्। करिब ३ बजे प्रहरी टोली घटनास्थलमा पुगी खोजिकार्य गरेपनि फेला पार्न सकेको छैन। बच्चाकाे खाेजी कार्य जारी रहेपनि आज रात परिसकेकाेले बिहिवार पुनः खोजिकार्य गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (14%)
  • दुःखी (86%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?