९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

झरीले अर्घाखाँचीको जनजिवन कष्टकर, ३४ घरका १४८ जनालाई सुरक्षित स्थानमा सारियो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । तिन दिन देखिको लगातार झरीले जनजिवन असामान्य बन्दै गएको छ। लगातार वर्षा भएपछि चाडबाडमा परिवार तथा आफन्तजनको हातबाट टिका लगाउन आएका नागरिक गन्तव्यमा फर्किन पाएका छैनन् भने धेरैजसो सडक पहिरोले अस्तव्यस्त बनेका छन्। निरन्तरको वर्षाले केही क्षेत्रका विद्युत अवरोध भएका छन्। यस्तै पशुचौपाया पनि प्रभावित् भएका छन्।

पहिरो तथा भुक्षय उच्च जोखिम घरपरिवारलाई सुरक्षित स्थानान्तरण 

पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा ३४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घर आसपासको जमिन चर्किने, घर माथिबाट ढुंगा पल्टिने, लेदो बग्ने भएपछी ३४ घरपरिवारका १४८ जनालाई स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको प्रहरीले जनाएको छ । सन्धिखर्क नगरपालिका-६ जगतका ३ घरपरिवार, छत्रदेव गाउँपालिकाका १० घरपरिवार र पाणिनी गाउँपालिका-८ को १ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो। मालारानी-६ का २० घरपरिवारलाई समेत सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा समस्या

सन्धिखर्क-गोरुसिंगे सडकमा पहिरो गएपछि अवरुद्ध भएको छ भने अधिकांश ग्रामिण सडक पहिरोले चल्न सकेका छैनन्। सदरमुकाम सन्धिखर्कबाट गाउँ जाने सबैप्राय: सडक अवरुद्ध छन्। सन्धिखर्क-प्युठान सड़कपनि किमडाँडाको काउले चौपारीमा पहिरो जाँदा  पुर्ण रुपमा ठप्प भएको स्थानिय सृजन भुसालले जानकारी दिएका छन्।

भुमिकास्थान, शितगंगा र मालारानीका केही स्थानमा पोल ढल्दा आंशिक रुपमा विद्युत समेत अवरुद्द भएको छ।

खोलाले बगाएका बालक अझै बेपत्ता

बुधवार खोलाले बगाएका १ जना बालक अझै बेपत्ता छन् । सन्धिखर्क-७, किटेनीका १० वर्षिय बालक समिर पौडेललाई मामाघर जाने क्रममा स्थानिय फर्ज्याङ खोलाले बगाएको थियो। बुधवार र बिहिवार खोजिकार्य गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ। बुधवार फेला नपरेका बाललको बिहिवार बिहान बाट पुनः खोजिकार्य सुरु गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली परिचालन गरेर खोजी गरेपनि फेला पार्न नसकिएको हो।

लगातार तीन दिनदेखि अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक बाहेक हिँडडुल तथा यात्रा नगर्न जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?