९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीमा खोलाले बगाएका बालक अझै बेपत्ता

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । दसैंको दिन (बुधवार) खोलाले बगाएका १ जना बालक अझै बेपत्ता छन् । सन्धिखर्क-७, किटेनीका १० वर्षिय बालक समिर पौडेललाई मामाघर जाने क्रममा स्थानिय फर्ज्याङ खोलाले बगाएको थियो।

बुधवार र बिहिवार खोजिकार्य गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ। घटना पछी लगत्तै पुगेको प्रहरीले  बुधवार फेला नपरेका बाललको बिहिवार बिहान बाट पुनः खोजिकार्य सुरु गरेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली परिचालन गरेर खोजी गरेपनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई स्थानिय फर्ज्याङ खाेलाले बगाएकाे थियो। पाैडेल एक छाेरा र एक छाेरी लिएर दसैँ मनाउन भूमिकास्थान-७, चिदिचौर स्थित मामाघर जाने क्रममा खाेला तर्न खाेज्दा बालकलाई बगाएकाे थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?