९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बिहीवार अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार सन्धिखर्क स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको अर्घाखाँचीमा निर्वाचन अधिकृतको  कार्यालय स्थापना भएसंगै औपचारिक रुपमा निर्वाचनको काम सुरु भएको छ ।

कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,  ईश्वरी बक्स गुल्म म्यालपोखरीका गुल्मपति बासुदेव पङ्गेनी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, सशस्त्र प्रहरी बल ३६ नं. गुल्मका गुल्मपती प्रनाउ संगम श्रेष्ठ, जिल्ला अदालत अर्घाखाँचीका श्रेतेदार महेश खनाल जिल्ला निर्वाचन अधिकृत सुरेश भन्डारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थी लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?