९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु

पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ। रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुने पचभैया रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया छिन् ।  बिहीबार अपराह्न साढे ४ बजेतिर कुसुमखोलाको नयाँ टोलबाट भैरवस्थानको रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कवितालाई पनि बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सँगै खोला तरेकी मीना रानालाई पनि बगाएको थियो । खोलाले बगाएका कविता र रानाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरीका अनुसार खोलाले बगाएको मीना घाइते भएको र उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कविता सकुशल रहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?