९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

खोलाले बगाएर दाङमा एक जनाको मृत्यु, एक जना बेपत्ता

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खोलाले बगाएर दाङमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना भने खोलाले बगाएर बेपत्ता भएका छन् ।

खोलाले बगाएर तुलसीपुर उपमहानगरपालिका १५ का ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा बुधबार खैरेनी खोलाले बगाउँदा बेपत्ता भएका डाँगी बिहीबार मृत फेला परेका हुन् ।

यसैगरी, गुर्जे खोलाले बगाउँदा घोराही उपमहानगरपालिका १० निवासी ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएका छन् । गुर्जे खोला तर्ने क्रममा बुधबार बेपत्ता भएका चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?