९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

प्युठान: बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटियाे

प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये तीन जनाको शव भेटिएको छ । ५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए ।

बाँकी तीन जनाको भने खोजी भइरहेको छ । पानी परिरहेकाले उद्धारमा केही समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताए। माण्डवी गाउँपालिका–४, फरन्डीमा हिजो शुक्रवार बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?