९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मङ्गलवारदेखि बल्ल मौसममा सुधार हुने

मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा गएको पाँच दिनदेखि मौसम बदली र पानी परिरहेको छ । यही मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन पानी पर्ने सम्भावना रहेको हो ।

आउँदो मङ्गलवारदेखि मौसम क्रमिकरूपमा सुधार हुनेछ । उनले भने, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।’

नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि पानी परिरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताए । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि त्यही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?