९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कांग्रेस नेतृ पुष्पा भुसालले अर्घाखाँचीबाट उम्मेद्वारी दर्ता गराईन्

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले अर्घाखाँचीबाट उम्मेद्वारी दर्ता गराएकी छिन् । एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट उनले उम्मेद्वारी दर्ता गराएकी हुन् ।

एक प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएपछी पहिलो पटक उनी चुनावी प्रतिस्पर्धामा होमिएकी हुन् । उनले नेकपा एमालेका टोप बहादुर रायमाझी संग प्रतिस्पर्धा गर्ने छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका खलिन मिया, राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसाद लगायत पनि प्रतिस्पर्धामा छन् । भुसाल यस अँघी २०५६, २०६४, २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचन लडेकी थिईन् ।

मनोनयन दर्ता पछी संक्षिप्त प्रतिक्रिया दिंदै भुसालले अहिलेका युवाहरुको चाहाना बमोजिमको राष्ट्र बनाउन कांग्रेस तथा गठबन्धनको उम्मेद्वारी रहेको बताईन् । प्रतिगमनका विरुद्ध यो गठबन्धन रहेकाले सम्पुर्ण उम्मेद्वारहरुलाई जिताउन उनले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?