९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीमा डेंगु र स्क्रबटाईफसका बिरामी बढे

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीमा डेंगु तथा स्क्रबटाईफसका बिरामी ह्वात्तै बढेका छन् । चिसो मौसम सुरु भएपनि लामखुट्टे र किरा हराएका छैनन् ।

जिल्लामा डेंगु संक्रमितको संख्या ६ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म ६ सय ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै दुई सय १६ जनामा स्क्रबटाइफसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी सन्धिखर्क नगरपालिका रहेका छन् । सन्धिखर्कमा ४ सय ५ जनामा डेंगु र १ सय ४ जनामा स्क्रबटाइफस पुष्टि भएको छ । यस्तै सबैभन्दा कम संक्रमित शितगंगा नगरपालिकाका छन् । शितगंगामा स्क्रबटाइफसका ३ जना संक्रमित छन भने डेंगु संक्रमितको संख्या शुन्य छ ।

हालसम्म स्क्रबटाइफसका कारण भुमिकास्थान नगरपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?