९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

ओली स्वेच्छाचारी हुन् : भीम रावल

टिकट वितरणमा पार्टी नेतृत्वबाट कोपभाजनमा परेका एमाले नेता भीम रावलले पार्टी अध्यक्ष ओलीलाई स्वेच्छाचारीको आरोप लगाएका छन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएपछि औपचारिक धारणा सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई टिकट नदिने अध्यक्ष ओलीको निर्णय स्वेच्छाचारी भएको आरोप लगाएका हुन् ।

‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो । भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो । तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन् । मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ,’ पत्रकार सम्मेलनमा उनले भने ।

ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको भन्दै उनले ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको पनि टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?