९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

२० गतेबाट गणना हुने गरी सात दिनका लागि थप गरेको समय सकिएपछि अदालतले अनुसन्धानका लागि पुनः थप पाँच दिन समय उपलब्ध गराएको हो। २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो।

अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरेपनि अदालतले बिहीबार थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?