९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा सशस्त्र प्रहरी बलकाे लगातार दोस्रो जित

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बलले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो।

गण्डकीले दिएको २७ रनको लक्ष्य एपिएफले २.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफको जितमा कप्तान सीता रानामगरले ५ बलमा नटआउट १२ रन र इन्दूर बर्माले ३ बलमा नटआउट ९ रन जोडे। ज्योती पाण्डे भने २ बलमै आउट भएकी थिइन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा २६ रनमा अलआउट भयो।

उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सबैभन्दा बढी रन जोडेकी श्रृष्टी जैसीले ५ रन जोडिन्। बलिङमा एपिएफकी इन्दू बर्माले २ विकेट लिँदा सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले एक/एक विकेट लिए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?