९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीको भुमिकास्थानमा भिरबाट लडेर एक वृद्धको ज्यान गयाे

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीको भुमिकास्थानमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका–१, ढाकाबाङका अन्दाजी ७२ बर्षिय विरबहादुर गमालको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूमिकास्थान नगरपालिकाको धारापानी स्थित साईनरेसुङ्गा बैंकबाट बृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भिरबाट लडेर गमालको मृत्यु भएको हो । गमाल बाटो देखी झण्डै ८० मिटर तल चिप्लिएर खसेको प्रहरीको भनाई छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?