१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

भुमिकास्थानमा भिरबाट चिप्लिएर मृत्यु भएका भनिएका गमालको हत्या भएको पुष्टी, हत्यारा आफ्नै ७४ वर्षिय दाई

लक्ष्मण घिमिरे। 
अर्घाखाँची । भिरबाट लडेर मृत्यु भएका भनिएका भुमिकास्थानका बिरबहादुर गमालको हत्या भएको खुलेको छ। जिल्लाको भुमिकास्थान नगरपालिका-१, ढाकाबाङका गमालको भिरबाट चिप्लिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएपनि उनको हत्या भएको पुष्टी भएको छ।
आफ्नै सहोदर दाजुले भाइको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक अर्जून पौडेलका अनुसार बुधबार दिउसों करिव ४ बजेको समयमा ७० वर्षिय बिरबहादुर गमाल (मृतक) र उनका ७४ बर्षिय दाजु हिमबहादुर गमालले स्थानिय बैंकबाट भत्ता निकालेर संगै पैदल घर फर्केका थिए । घर फर्किदै गर्दा बेलुका ७ बजेको समयमा बाटोमा लेनदेको बिषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा बिरबहादुर भिर बाट लडे। आवेगमा भिरमा धेकेलेका हिमबहादुर भाईलाई सोधखोज नगरी सरासर घर गए।
उनको चिप्लिएर नभई दाजुले भिरबाट धकेलेपछी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुमिकास्थान नगरपालिका-१ स्थित खलाधारा भीरबाट चिप्लिएर बिरबहादुर गमालको मृत्यु भएको प्रारम्भिक अनुमान थियो । शंका लागेर प्रहरीले सोधपुछ गर्दै जाँदा उनका दाई हिमबहादुर गमालले भिरबाट धकेलेर हत्या गरेको पुष्टी भएको हो।
हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?