९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । चितुवाको आक्रमणबाट ११ वर्षीया बीना चेपाङको ज्यान गएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट सानिमाको घर जाने क्रममा बिहान साढे ६ बजे बीनालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गएको असारमा चितुवाको आक्रमणबाट एक जना बालकको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?