९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

मंसिर ४ को निर्वाचन सामान्य हाेइन: पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।’ यसलाई गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन उनले गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । ‘किनकी यो हाम्रोलागि र लोकतन्त्रको लागि हामी सबैले ठूलो संघर्ष र बलिदानपछि प्राप्त गरेको उपलब्धिको रक्षा गर्ने प्रश्नसँग जोडिएको छ,’ प्रचण्डले भने ।

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन् । नेपाल समाजवादी पार्टीकी मानुषी माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछिन् । काठमाडौं क्षेत्रनम्बर ७ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि श्याम कुमार घिमिरे उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?