९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीका उम्मेद्वार घरदैलो अभियानमा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न अर्घाखाँचीका उम्मेद्वार घरदैलो अभियानमा जुटेका छन्। एक लाख ६४ हजार ७ सय ६८ मतदाता रहेको जिल्लामा नेता आफ्नो उम्मेदवारी दर्ता भएकै दिन गत असोज २३ गतेदेखि मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्।

पुराना अनुहारका उम्मेद्वार यसअघि आफ्नो कार्यकालमा पूरा गर्न बाँकी योजना गर्न तथा नयाँ अनुहारका उम्मेदवार एकपटक अवसर दिन अनुरोध गर्दै दिनरात नभनी घरघर पुगेर मतदाता रिझाउन व्यस्त देखिएका छन्। जिल्लाका मतदाता भने मङ्सिर ४ गते हुने निर्वाचन कुरेर बसेका छन्। एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको अर्घाखाँचीमा २५ नेता चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगले यही कात्तिक १३ गतेभन्दा अगाडि सभा–सम्मेलन गर्न रोक लगाए पनि उम्मेदवारले पार्टीको विस्तारित बैठक, शुभकामना आदान–प्रदान, कार्यकर्ता भेटघाटलगायत विभिन्न बहानामा बृहत् कार्यक्रम गरिरहेका छन्।

६ स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ।प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस तथा प्रदेशसभा (क) मा राष्ट्रिय जनमोर्चा र प्रदेशसभा (ख)मा कांग्रेसले टिकट पाएको छ। कांग्रेसबाट केन्द्रिय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल, प्रदेशसभा (क) मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी र प्रदेशसभा (ख)मा कांग्रेसका पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल चुनावी गठबन्धनबाट साझा उम्मेदवार छन्।

केन्द्रमा जनता समाजवादी पार्टी, राप्रपा नेपाल लगायतका दलसंग चुनावी तालमेल गरेको एमालेले अर्घाखाँचीमा भने एक्लै चुनावी मैदानमा उत्रिएको छ। नेकपा एमालेका केन्द्रिय सचिव टोपबहादुर रायमाझी प्रतिनिधीसभाका उम्मेद्वार छन् भने प्रदेशसभा (क) मा चेतनारायण आचार्य तथा प्रदेशसभा (ख) मा रामजी प्रसाद घिमिरे उम्मेद्वार छन् । एमालेबाट उम्मेदवारी दिएका तीनैजना नेता अहिले मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिएर विजयी गराउन अनुरोध गरिरहेका छन्।

जिल्लाका अन्य साना राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार पनि आ–आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घर–घरमा पुगेर आफूलाई भोट दिन अनुरोध गरिरहेका छन्। मुख्य दुई दल कांग्रेस र एमाले पछी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले तिन ओटै पदका लागी उम्मेद्वार उठाएको छ । प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशसभाका लागी राप्रपा नेपालले उम्मेद्वारी दिएको छ । यस्तै स्वतन्त्रबाट पत्रकार हरी भुसालदेखी कलाकार दुर्गा बञ्जाडे सम्मले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लगातार तिनवटा निर्वाचन जितेका टोपबहादुर रायमाझी चौथो जित निकाल्ने दाउमा छन् भने एक संघिय निर्वाचन क्षेत्र भएपछी पहिलो पटक निर्वाचन लड्न लागेकी पुष्पा भुसाल गठबन्धनको साथले सहज जित निकाल्ने सोंचमा छिन् ।

प्रतिनिधीसभा सदस्यका लागी ११ जना, प्रदेशसभा (क) सदस्यका लागी ७ तथा प्रदेशसभा (ख) सदस्यका लागी ७ जना मैदानमा छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?