९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

अर्घाखाँचीको धनचौरमा हत्या गरेर फरार दुई जना १२ वर्षपछी प्रहरी फन्दामा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । हत्या गरेर फरार दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछी पक्राउ गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी आईतवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भुमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षिय शालिक बहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरु १२ वर्षदेखी फरार रहेका थिए । गोप्य सुचनाका आधारमा उनीहरुलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो ।

उनीहरु विसं. २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षिय दधिराम भुसालको हत्या गरेर फरार थिए । जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अँगाडी बढाईएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (85%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (15%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?