९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

नरपानी-नुवाकोट सडकको काम सुरु भईसकेको छ: पुष्पा भुसाल

लक्ष्मण घिमिरे।
अर्घाखाँची । प्रतिनिधिसभा सदस्य उम्मेद्वार पुष्पा भुसालले नरपानी-नुवाकोट सडक अर्घाखाँचीको पुरानो बाटो रहेकाले यसको विस्तार र कालोपत्रेको काम अगाडी बढिसकेको बताएकी छिन्। विगतका वर्षहरुमा यो सडकलाई कसैले ध्यान दिन नसकेको बताउँदै नरपानी देखी झेंस्के सम्मको अफ्ठ्यारो बाटोमा बजेट विनियोजन भएर काम सुरु हुने चरणमा रहेको उनले बताईन्।

भुमिकास्थान-९, ढिकुराको चौतारा, गैरागोठ, काफलबास, गौंचोर लगायतका क्षेत्रमा ‘जनता भेटघाट कार्यक्रम’मा उनले ढिकुराको मेरुदण्डका रुपमा यो सडक विस्तार गरिनुका साथै सन्धिखर्क-गोरुसिंगे सडकको वैकल्पिक सडकका रुपमा विकसित गरिनु पर्ने उनले बताईन्। बर्खायाममा वैकल्पिक सडक नहुँदा जगत, घुम्ती क्षेत्रमा नागरिकले सास्ती खेपिरहेको उनको भनाई छ।

ढिकुरा सदरमुकाम सन्धिखर्कदेखी नजिकै रहेकाले यहाँका मुख्य सडक गच्छे-भालुबाङ, नरपानी-नुवाकोट, गैरागोठ-चौतार-सलिन्डाँडा, भुजेलपानी-डेभा सडकलाई ग्राभल तथा कालोपत्रे गर्न सके यहाको धेरै समस्या त्यसै हल हुने उनले बताईन्। त्यस्तै ढिकुरामा खानेपानीका केही समस्याहरु समाधान गरिएको र केही योजना कार्यान्वयन चरणमा रहेको उनको भनाई छ।

शुभ दिपावलीको शुभकामना आदान-प्रदान समेत साटासाट गरिएको कार्यक्रममा प्रदेशसभा ‘ख’ सदस्य पदका उम्मेद्वार कमल प्रसाद भुसालले आफुहरु जनताको माझमै रहेको र सुख-दुखमा संगसंगै हुने भएकाले रुख चिह्नमा मतदान गर्न आग्रह गरेका छन्। चुनावको बेलामा मात्र नभएर आफुहरु सँधैं जनताका साथमा रहेको भन्दै भुसालले खासमा जनताको प्रतिनिधि आफुहरु रहेको बताए। चुनावको बेला आउने र भए नभएका बाचा गरेर फर्किने परिपाटीले नेताहरुले ढाँट्छन् भन्ने जनतामा पर्न गएको उनले बताए। नहुने र नचाहिने कुरा आफुहरुको मुखबाट ननिस्कने भन्दै अरुले गर्ने भ्रमका खेतीबाट बच्न उनले आग्रह गरे।

कार्यक्रममा कांग्रेस जिल्ला सभापती के‌शव श्रेष्ठ, राष्ट्रीय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, नेता यादव प्रसाद घिमिरे, कांग्रेस नेतृ लक्ष्मी गौतम, जिल्ला सदस्य सुर्य प्रसाद भुसाल, सन्धिखर्क नगर सचिव मुक्ती भुसाल, वडा सभापती तिर्थराज घिमिरे, प्रेस युनियनका नेता रुद्रमणी भुसाल, लक्ष्मण घिमिरेको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?