९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

माओवादी केन्द्र अर्घाखाँची: पुष्पा भुसाल लगायत गठबन्धनलाई जिताउँछौ

लक्ष्मण घिमिरे।
अर्घाखाँची ‌। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले प्रतिनिधसभा सदस्यमा पुष्पा भुसाललाई जिताउन लागी पर्ने निर्णय गरेको छ। जिल्ला कमिटीकाे बैठक बसी गठबन्धनका सबै उम्मेद्वारलाई जिताउने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य ठाकुर कुमार बिकले जानकारी दिए।

सन्धिखर्कमा बसेको बैठकले प्रतिनिधीसभा सदस्यमा पुष्पा भुसाल, प्रदेशसभा सदस्य (क) मा सागर केसी तथा प्रदेशसभा सदस्य (ख) मा कमल भुसाललाई विजयी बनाउन सबै तहका पार्टी कमिटीलाई परिचालित हुन निर्देशन गरिएको छ ।

केन्द्रिय कमिटीको निर्देशन बमोजिम अर्घाखाँचीमा पनि गठबन्धनका उम्मेद्वारलाई जिताउन पार्टीका सबै संयन्त्र तथा शक्ती परिचालित गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष राजेन्द्र केसीले बताए।

पार्टिका जिल्लादेखी वडासम्मका कमिटी, भातृ संस्था, शुभेच्छुक संस्था लगायतलाई विस्तृत विषय परिपत्र मार्फत जानकारी गराईने पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (63%)
  • दुःखी (0%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?