क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आज बुधवारदेखि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाण्डौ जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको उनको दाबी छ ।
पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको उनले बताए। सापकोटाले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको उनको भनाइ छ ।
आजदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।