९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

आईसीसी टी–२० विश्वकप: भारतले बङ्गलादेशलाई हरायो

आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले बङ्गलादेशलाई हराएको छ । एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्गलादेशलाई पाँच रनले हरायो ।

वर्षाले प्रभावित भएको खेलमा १६ ओभरमा एक सय ५१ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले छ विकेट गुमाएर एक सय ४५ रन बनायो । उसका लागि लिटन दासले ६० र नुरुल हसनले २५ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंह र हार्दिक पान्डेयाले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८४ रन बनायो । उसका लागि विराट कोहलीले नटआउट ६४, केएल राहुलले ५० र सूर्यकुमार यादवले ३० रन बनाए । बलिङतर्फ हसन महमुदले तीन र शाकिब अल हसनले दुई विकेट लिए ।

यो जितसँगै भारत चार खेलमा छ अङ्कसहित समूह २ को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?