१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

चुनावी चटारो: भोलिदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाइने

राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवार‌ देखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गरे ।

प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताए । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उनले बताए ।

यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसको लेखा परीक्षणसमेत गर्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?