९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

राष्ट्रपति भण्डारीले आइसल्यान्डको औपचारिक भ्रमण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्यान्डको औपचारिक भ्रमण गर्ने भएकी छिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल) कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको तयारीबारे आज शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जानेछिन्।

राष्ट्रपति भण्डारी कात्तिक २१ गते बेलुकी ६ बजे कतार एअरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी त्यही एअरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ बजेर ३० मिनेटमा स्वदेश फर्कने छिन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?