श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् ।

सिड्नी प्रहरीले पनि याैन दुर्व्यवहारकाे आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन । पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि याैन दुर्व्यवहारक भएको आरोप लगाएकी छिन् ।

उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको खबरमा उल्लेख छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *