९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

कोभिड आतंक, डेंगु आतंक र अहिले बैंक आतंक…..

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । देशको अर्थतन्त्र डगमगाई रहेको अवस्थामा बैंकहरुले ब्याजदर वृद्धी गरेको भन्दै अर्घाखाँची उद्योग वाणिज्य संघले जिल्लाका सबै बैंक हरुलाई ध्यान आकर्षण गराएको छ । बैंकहरूको ब्याजदर हरेक दिन बढ्दो गतिमा देखिएको भन्दै उद्योग वाणिज्य संघले कोभिड महामारीबाट धरासायी भएका साना तथा मझौला उद्योग बैंकहरुले ब्याजदर वृद्धी गर्दा निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताएको छ ।

निरन्तरको व्याजदर वृद्धीले व्यवसाय नै चौपट हुने अवस्थालाई मध्यानजर गदै बैंकको ब्याजदर घटाउन माग राख्दै ज्ञापन पत्र बुझाउन लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताए । ‘बैंकहरुले ब्याजदर बढाउँदै लैजादा उद्योगी तथा व्यापारी मारमा परेका छन्, अध्यक्ष मिश्रले भने,‘ब्याजदर घटाएर व्यवसायीहरुलाई राहत पुर्‍याउनु पर्छ ।’

केन्द्रिय कार्यक्रम अनुसार ‘बैँक तथा वित्तिय संस्थाहरु सँग अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य तथा सन्धिखर्कका मेयर कृष्ण प्रसाद श्रेष्ठले बैंकहरुले बढाएको ब्याजदरका कारण व्यवसायीहरु व्यवसाय छोडेर भाग्नु पर्ने अवस्थामा पुगेको बताए । केही वर्ष अँघी लिएको ऋणको ब्याज अहिले दुई गुणा पुगेको भन्दै व्यवसायीहरु बैंकको ब्याज तिर्न व्यवसाय छोडेर भारत तथा तेस्रो मुलुक छिर्न बाध्य भईरहेको बताए । ‘पहिले कोरोना आतंक पछी डेंगु आतंक र अहिले बैंकको ब्याज आतंकले व्यवसायीहरु त्रसित भएका छन्,उनले भने,‘पहिले लिएको ऋणको ब्याजको भारीले अहिले गरिरहेको व्यावसाय छोडेर भाग्नु पर्ने अवस्था छ ।’

कार्यक्रमा जिल्लामा रहेको १६ वटा बैंकका प्रमुख तथा प्रतिनिधीहरुले धारणा राख्दै रुस र युक्रेन युद्वका कारण तेलमा भएको मुल्यवृद्वी र बढ्दो महंगीले अर्थतन्त्रमा पुगेको असरले बैंकले केही ब्याजदर वृद्धी गरेको बताएका छन् । बजारमा तरलताको समस्या रहेकाले पनि यो समस्या निम्तिएको उनीहरुको भनाई छ ।

उद्योग वाणिज्य संघले यही २२ गते बैंक तथा वित्तिय संस्थामा ज्ञापनपत्र बुझाउने, सोही दिन र्‍याली सहित कोणसभा गर्ने र नेपाल उद्योग वाणिज्य महासंघको परिपत्र अनुसार थप संघर्षका कार्यक्रमहरु तय गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?