९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

रुपन्देहीको देवदहमा एक दम्पति मृत्त अवस्थामा फेला

रुपन्देहीको देवदह नगरपालिका-५ पाल्पाली टोलस्थित एक घरमा सोमबार दम्पति मृत्त अवस्थामा फेला परेका छन्। घरको ढोकाभित्रबाट चुक्कुल लगाएको अवस्थामा श्रीमान्श्री-मती ३६ वर्षका बोलिन्द्र जोल्मी मगर र ३२ वर्षीया हेमकला जोल्मी मगर मृत्त फेला परेका हुन्।

श्रीमती हेमकलाको शव भुइमा तन्नाले बेरेको अवस्थामा र श्रीमान् बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।

बोलिन्द्र केही समय पहिले वैदेशिक रोजगारीबाट फर्केका थिए। सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। घटना स्थलको प्रकृति हेर्दा हत्या गरी आत्महत्या जस्तो देखिएपनि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी केसीले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?