९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

शितगंगालाई विशेष क्षेत्र घोंषणा गरेर विकास गर्नुपर्छ: पुष्पा भुसाल

पूर्वउपसभामुख तथा नेपाली कांग्रेसका नेता पुष्पा भुसालले नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताएकी छन् । शितगंगा नगरपालिका १२ को रजियामा भएको आयोजित चुनावी कार्यक्रममा नेतृ भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शितगंगालाई विशेष क्षेत्र बनाएर विकासका नमूना कार्यक्रम बनाइने बताइन् ।

प्रतिनिधीसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वर समेत रहेकी भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शितगंगा नगरलाई विशेष क्षेत्र बनाएर विकासमा नमुना बनाउने प्रतिबद्धता व्क्त गरिन् । रोजगारी र शिक्षाको कारण गाउँमा मानिसहरु बसाइँसराइ गरेको बताउदै अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेजहरु खोल्नु पर्ने उनको भनाई छ । उनले अर्घाखाँचीका युवाहरूलाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट स्वरोजगार बनाउने बताईन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवति प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कान, नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार बिक, नेपाली कांग्रेस समानुपातिक उम्मेद्वार लोकेन्द्र बिक, नेकपा एकीकृत समाजवादीका नेता पिताम्बर भुसाल, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेताहरु बालकृष्ण पाण्डे, शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, सचिव अच्युत गौतम, इन्द्रमणि पौडेल, यादव प्रसाद घिमिरे, सुर्य प्रसाद अधिकारी, छमा कार्की, कांग्रेस जिल्ला सदस्य बाबुराम गैरे, गोपाल भुसाल, विष्णु पौडेल, राजमोका गोविन्द विसि, कांग्रेसका क्षेत्रीय सभापति हेमन्त बेल्बासे, नेता हिम्मत पोख्रेल, अर्जुन पोख्रेल, कृष्णलाल पुरी, प्रितम थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमहरु संयुक्त गठबन्धन चुनावी प्रचारप्रसार कार्यक्रमका संयोजक विवेक गैरेको सभापतित्व र कांग्रेस नेता माधव प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?