८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

टोपबहादुरका कारण शितगंगाको विकास पछाडि धकेलियो: सुर्य अधिकारी

शितगंगाका नगरपालिका निवर्तमान नगरप्रमुख सुर्य प्रसाद अधिकारिले टोप बहादुर र एमालेका कारण नै शितगंगाको बिकास पछाडि धकेलिएको आरोप लगाएका छन ।

आज शितगंगा नगरपालिका १२ को रजियामा आयोजित कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन । आफू शितगंगाको नगरप्रमुख रहेको बेला एमालेहरुको शितगंगा प्रतिको हेराइ पूरा अनुभव गरेको उनले बताए । सभामा बोल्दै अधिकारिले आफू शितगंगाको बिकास सम्बन्धी एजेन्डा लिएर केन्द्र सम्म पुग्दा पनि एमाले र टोपबहादुरका कारण सधै झगडा पर्ने गरेको स्मरण गरे ।

शितगंगाको समग्र बिकास र समृद्धिको लागि शितगंगा प्रतिको हेराइनै फेरिनु पर्ने बताउदै उनले आसन्न निर्वाचनमा गठबम्धनलाइ जिताउन आग्रह गरे । यहाको बिकास गर्ने दृस्टीनै फरक तरिकाले हेर्नू पर्ने र त्यो गठबन्धन र पुश्पा भुसाल र कमल भुसाललाइ प्रत्यक्ष सांसदमा जिताए मात्र त्यो बिकास संभव हुने अधिकारिको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?