नेकपा एमालेको तर्फबाट अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले आज शितगंगा नगरपालिका वडा नं १ को सुवर्णखाल, हल्दे, मन्द्रे घर्तीसारा लगायतका क्षेत्रमा मतदातासँग भेटघाट गरी आफूले अघि सारेका विकास विकास आयोजनाका बारेमा अवगत गराएका छन् ।
उनले प्रदेश सरकारबाट आफ्नो पहलमा सितापुर–सुवर्णखाल– मन्द्रे, घर्तीसारा, हल्दे, नेटापोखरा सडक निर्माण भएको भन्दै ३ ओटा खानेपानीका आयोजना निर्माण अघि बढाइएको बताए । घिमिरेले सहिद यज्ञप्रसाद र मिनप्रसाद बेल्बासेको स्मृतिमा पार्क निर्माण र हल्देदेखि भ्रतापुर सडक निर्माण प्रक्रिया अघि बढाइएको पनि बताए । उनले लिब्दी–चिदिसरा फाँटमा सिंचाइ सुविधा पुर्याइएको बताए।
उनले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोपबहादुर रायमाझी र आफ्नो पहलमा संघीय सरकारबाट बिक्रम–गन्दी–दमार मन्द्रे–सुवर्णखाल सडक निर्माण कार्य अघि बढाइएको बताए । घिमिरेले विकासका थप आवश्यकतालाई पूरा गर्न आफू निरन्तर लाग्ने बताए ।