९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

करूवा प्रहार गरेर श्रीमतीको हत्या

पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ। बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूको स्थानीय बुधबारे बजारमा सुन चाँदीका गरगहनाको पसल गर्दै आएका थिए। श्रीमान-श्रीमती बीचको सामान्य विवाद बढेर उग्ररूप लिएपछि आक्रोशित भएका श्रीमान ३२ वर्षीय रघुनाथ गोरडले पानी पिउन प्रयोग गरिने करूवा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या आरोपमा मृतकको श्रीमान रघुनाथलाई आज बिहान नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान सुरू गरेको बताएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?