प्रतिनिधीसभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले संविधान निर्माणको काम सम्पन्न भईसकेकाले अब संविधानलाई जोगाउँदै आर्थिक क्रान्तीमा लाग्नु पर्ने बताएकी छिन् । सबै खाले आन्दोलन सकिएकाले अब देशलाई विकासको गतीमा अगाडी लैजानु पर्ने बताईन् ।
अबको ५ वर्षमा अर्घाखाँची जिल्लालाई समुन्नत बनाउने आफ्नो ध्यय रहेको उनले बताईन् । ‘जिल्ला अस्पताल संगै यहाँका सडकहरु दु्रत गतीमा बनाउनु पर्नेछ,उनले भनिन्,‘प्राविधिक शिक्षालय खोल्नेदेखी, खानेपानीका योजना सम्पन्न गर्नुपर्ने छ ।’ अब विकासमा अर्घाखाँचीले फड्को मार्ने उनको भनाई छ ।
विभिन्न चुनावी कार्यक्रमहरुमा सहभागी हुँदै भुसालले विगतमा संविधान बनाउने महत्वपुर्ण अभिभार पुरा गरेको भन्दै अबको काल विकासको काल भएकाले आफ्नो पुरै ध्यान विकासमा केन्द्रित भएको बताईन् । आफ्नो र पार्टीको पहलमा धेरै योजनाहरु अर्घाखाँचीमा परेपनि त्यसको श्रेय अरुले लिने गरेको उनले गुनासो गरिन् ।
अब केन्द्रमा गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र कांग्रेसकै नेतृत्वमा समुन्नती हासिल हुने बताईन् । ईतिहासमा कांग्रेस नेतृत्वमै विभिन्न आन्दोलन सफल भएका र संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेकाले अब कांग्रेसकै नेतृत्वमा विकासले गती लिने उनको भनाई छ ।