९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

पुष्पालाई मतदाताको बचनः जिताएर पठाउँछौँ, मन्त्री बनेर आउनुहोला

अर्घाखाँची जिल्लाबाट प्रतिनिधीसभाका उम्मेदवार पुष्पा भुसाल मतदातासँग मत माग्न व्यस्त छिन् । जिल्लाको भौगोलिक रुपमा विकट मानिएको शितगंगाका मतदाताले जिताएर पठाउने प्रतिवद्धता गरेका छन् । शितगंगाको सिद्धारा, जलुके, सिमलपानी लगाएतका ठाउँका मतदाताले विकट क्षेत्रमा भएको भन्दै जिताएपछि शितगंगालाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

शितगंगा सिद्धाराका ७१ वर्षिय जिवप्रसाद पोख्रेलले प्रतिनिधीसभामा जिताएर पठाउने तर मन्त्री बनेर आउनु पर्ने र विकास गर्नु पर्ने बताए । ‘हाम्ले जिताएर पठाउँछौँ, मन्त्री बनेर आउँने जिम्मा तपाईको हो, उनले भने,‘चाक्लाबाट सिद्धारा हर्रेसम्म सडक पिचँ गर्नमा तपाईले गरेको योग्दान भुलेका छैनौँ, खानेपानी पनि ल्याउँन पहल गर्नुभएको हो, तपाईलाई भोट हान्न आतुर छौँ।’

हामीलाई विकास चाहिएको छ, गाउँमा सुन्छौँ, चुनावपछि गठबन्धनको सरकार बन्दै छ रे, तपाई उपसभामुख पनि हुनुभएछ, अब मन्त्री बनेर चाक्लाबाट धानखोला सम्मको सडक विस्तार गर्ने जिम्मा तपाईको हो, जितप्रसादले भने । स्व. काशिनाथ गौतमलाई सम्झदैँ पोख्रेलले भने ‘यहाँको विकासको रेखांकन उहाँले गर्नुभयो, अब विकास तपाईले गर्नुहोला, जिताउँन हामी प्रतिवद्ध छौँ ।’

सिद्धारा मात्र होईन, शितगंगाका अधिकाश बासिन्दाहरुले विकासबाट पछाडी परेकाले सबै क्षेत्रको भुगोल थाहा भएकाले पनि पुष्पालाई भोट दिएर जिताउँनका लागी लाग्ने बचन दिएका छन् । नेतृ भुसालले चुनावी सभा तथा मतदातासँग भेटघाट गर्दै शितगंगालाई विशेष क्षेत्र घोषणा गरेर विकास गर्ने प्रतिवद्धता गरेकी छन् ।

गठबन्धन दल काँग्रेस, माओवादी, एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको संयुक्त उम्मेदवार समेत रहेकी भुसालको चर्चा गाउँगाउँमा छ । एमालेको तर्फबाट सचिव टोपबहादुर रायमाझी चुनावी मैदानमा छन् । भुसाल र रायमाझीको पहिलोपटक एकैठाउँमा चुनावमा होमिएका हुन । @Hindukhabar.com

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?