अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा

अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पर्सी आईतवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी अर्घाखाँचीमा सम्पुर्ण तयारी सकिएको छ । निर्वाचनका लागी आवश्यक सबै तयारी पुरा भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तिन नगरपालिका र तिन गाउँपालिका गरी ६ वटा स्थानीयतह छन् । जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन् । एक अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । अहिले कैदिबन्दीहरुलाई मतदान गर्न दिने प्रावधान अनुरुप जिल्ला कारागार अर्घाखाँचीमा १ वटा मतदानस्थल थप गरिएको छ । जसमा एउटा मात्र मतदान केन्द्र राखिएको छ ।

कुल ९८ वटा मतदानस्थलमा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री पठाउने कार्य, मतदानस्थल व्यवस्थापन, सवारी साधनको व्यवस्था, आवश्यक सुरक्षा व्यवस्था लगायतका काम पूरा भएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए ।

अर्घाखाँचीमा एक लाख ६४ हजार ७ सय ६८ मतदाताले मताधिकार उपयोग गर्न सक्नेछन् । प्रदेश ‘क’ मा ४३ हजार ५७१ पुरुष र प्रदेश ‘ख’ मा ३९ हजार २२ पुरुष गरी कुल ८२ हजार ५९३ पुरुष मतदाता रहेका छन् । यस्तै प्रदेश ‘क’ मा महिलाको संख्या ४२ हजार ९११ जना र प्रदेश ‘ख’ मा ३९ हजार २६४ जना महिला गरी कुल महिला मतदाताको संख्या ८२ हजार १७५ रहेको छ ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्माचारी, जनपथ प्रहरी र म्यादी प्रहरी गरी झन्डै दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा निर्वाचनलाई खलल हुने गतिविधी रोक्न सुरक्षा व्यवस्था कडा बनाईएको अर्घाखाँचीका प्रहरी प्रमुख (डिएसपी) मुकुन्द रिजालले जानकारी दिए ।

निर्वाचन शान्तीपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीति अनुसार प्रहरी परिचालन गरिएको उनले बताए । ‘केन्द्रीय सर्कुलर अनुसार सुरक्षा व्यवस्था गरिएको छ,उनले भने,‘भयरहित वातावरणमा मतदान गर्नेगरी प्रहरी परिचालन गरिएको छ ।’ कुनैपनी मतदानस्थलमा सुरक्षामा कमी नहुने उनको भनाई छ ।

यस्तै निर्वाचन सम्पन्न गर्न अर्घाखाँचीमा एक हजार ६ सय बढी कर्मचारी खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी गरी एक हजार ६ सय १८ जना कर्मचारी खटिएका निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *